बलात्कृत युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैदको फैसला




जिल्ला अदालत सुर्खेतले सात महिना अघि बलात्कृत भएकी राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैदको फैसला गरेको छ ।

 

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले राप्ती पहिचान डटकम अनलाइनका सञ्चालक दाङका यज्ञबहादुर बुढा मगरलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको हो ।

 




अनलाइनमा युवतीको पहिचान खुल्नेगरी तस्वीर र नामसहित समाचार प्रकाशन गरेका थिए ।

 

उनीमाथि असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर भएको थियो ।

 

.



सम्बन्धित
Loading...