आगलागीवाट २ बालबालिकाको मृत्यु


आगलागीवाट २ बालबालिकाको मृत्यु ||



 

रौतहटमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

 




फतुवा बिजयपुर नगरक्षेत्रभित्र आगलागी हुँदा जोखु यादवका ३ वर्षीया छोरी आराध्य यादव र सन्दीप साहका ५ वर्षीय छोरा रोहित साहको मृत्यु भएको छ।

 

स्रोतका अनुसार मदन यादवको फुसको छाना रहेको घरमा मंगलबार दिउँसो २ बजे अचानक भएको आगलागीबाट जलेर ४ बर्षीया बालिका आराध्यको घटनास्थलमै मृत्यु भएको थियो ।

 

त्यस्तैगरी शरीरको अधिकांश भाग जलिसकेका ५ बर्षिय बालक रोहितको उपचारको क्रममा आज बिहान टिचिङ अस्पताल काठमाडौमा मृत्यु भएको स्रोतले बतायो ।

..



सम्बन्धित
Loading...