प्रथम नवलपुर खाना महोत्सव शुरु, मुख्यमन्त्रीले गरे महोत्सवको उद्घाटन – फोटो फिचर सहित


 



नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा बुधबार (आज) देखि प्रथम नवलपुर वृहत खाना, पर्यटन, संस्कृति तथा व्यापारिक महोत्सव शुरु भएको छ ।

 

महोत्सव पुस १७ गतेसम्म चल्ने छ । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले उद्घाटन गरे ।

 




महोत्सवको शोभा कलश यात्रा निक्लनु पूर्व नै मुख्य मन्त्री पोख्रेलले महोत्सवको उद्घाटन गरेका हुन् ।

 

पोख्रेलले महोत्सवको उद्घाटन गर्दै नवलपुरका होटल व्यवसायी माथि उठाउनका लागि आफूले सक्दा सहयोग गर्ने बताए । उनले कोभिड १९ का कारण थिलोथिलो परेको होटल व्यवसायीलाई माथि उठाउनका लागि नवलपुरका होटल व्यवसायी एक मुष्ट रुपमा गण्डकी सरकार कहाँ आए आर्थिक सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत जनाए ।

 

 

महोत्सवको पहिलो दिन आज कावासोतीको थकाली चोकदेखि महोत्सव स्थलसम्म शोभा कलश यात्रा निकालिएको थियो ।

 

शोभा कलश यात्रामा विभिन्न जातजातिका झाँकीका साथै स्थानीय संघसंस्था, विद्यालयका विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

 

महोत्सवमा नवलपुरमा रहेका विभिन्न जनजातिका परम्परागत संस्कृति झल्कने खानाहरु पाइने होटलका साथै व्यापारिक स्टलहरु पनि रहेका छन् ।

 

त्यसैगरी महोत्सवमा कावासोतीको बालुवाडाँडादेखि हात्तीखोरसम्म प्याराग्लाइडिङ्ग, चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी, नारायणी नदीमा डुंगा सयर आदिको पनि व्यवस्था गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 



सम्बन्धित
Loading...