७० किलो गाँजा बरामद




सिराहा, १० पौष । विभिन्न दुई स्थानबाट ७० किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार सिराहा औरही गाउँपालिका-१ स्थित सीमा क्षेत्रबाट शनिबार ३० किलो र सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-११ बाट शुक्रबार ४० किलो गाँजा बरामद गरिएको हो ।

 




३० किलो गाँजा भारत लैजाँदै गर्दा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले बरामद गरेको हो । ४० किलो भने परालको कुन्यूमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको गरेको हो ।



सम्बन्धित
Loading...