नवलपरासीमा सवारी दुर्घटनामा पत्रकार रेश्मीकी श्रीमतीको निधन, तीन घाईते

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा विहानको समय मनिङ्ग वाक निस्केका पैदलयात्रीलाई ठक्कर दिँदा आइतबार विहान १ जनाको निधन भएको छ भने ३ जना घाइते भएका छन् ।
विहानको समयमा घुमन हिडेका पैदल यात्रुहरुलाई नवलपरासीको सदरमुकाम परासीमा आईतवार विहान गाडीले ठक्कर दिदा रामग्राम नगरपालिका वार्ड नम्बर ३ परासीकी कमला रेश्मीको घटना स्थलमै मृत्यु भएको र सोही गाडीले ठक्कर दिदा अन्य ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयल नवलपरासीका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक प्रेम बहादुर शाहीले बताए ।

दुर्घटनामा परी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सचिव राजकुमार रेश्मीकी श्रीमती रामग्राम ३ निवासी कमला रेग्मीको निधन भएको हो । उनको आइतबार नै अन्तिम संस्कार गरिएको छ ।
आईतवार विहानको समयमा जिल्ला सदरमुकाम परासीदेखि सुनवलतर्फ जादै गरेको लु २ ख ४०५५ नम्बरको बसले पदैल यात्रुहरुलाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइते ३ जनाकै अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
घाइतेहरुको चितवन र रुपन्देहीका अस्पतालहरुमा उपचार भईरहेको छ ।
https://www.youtube.com/watch?v=jtMNS3TsNtk&t=923s
दुर्घटनामा परी रामग्राम ३ निवासी २७ बर्षीया अस्मिता गैह्रे, चितवनको राप्ती नगरपालिका ६ निवासी ४५ बर्षीय शिवप्रसाद राई र सुनवल नगरपालिका २ निवासी ३७ बर्षीया अर्जुन ढकाल घाइते भएका छन् ।
ठक्कर दिने बस र बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
