जेष्ठ नागरिक दिवसः जेष्ठ नागरिक घरबाटै अपहेलित


 

 



नवलपुर। कावासोतीमा ज्येष्ठ नागरिक संघ नवलपुरले प्रथम ज्येष्ठ नागरिक दिवस मनाएको छ ।

 

कावासोती नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले ज्येष्ठ नागरिकको योगदान परिवारका लागि मात्र नभई राष्ट्रका लागि समेत अनुकरणीय रहेको भनाई राखेका थिए ।

 




 

ज्येष्ठ नागरिक संघ नवलपुरका अध्यक्ष षडानन्द जैसीको अध्यक्षतामा भएको कार्यक्रममको प्रमुख अतिथिका रुपमा कावासोती नगरपालिकाकी प्रमुख चन्द्रकुमारी पुनको रहेको थियो ।

 

ज्येष्ठ नागरिकलाई सम्बोधन गर्दै नगर प्रमुख पुनले आमाबुवा बृद्ध भईसकेपछि आफ्नै सन्नतिबाट अपहेलित हुनुपरेका दृष्टान्त समाजमा बिद्यमान रहेको तितो यथार्थ महशुस गरेको बताए ।

 

 

उनले बाबुआमाहरुले आफ्ना सन्तानको निम्ति गरेको त्याग सम्झने हो भने र आफू पनि एक दिन बुढो भईन्छ भन्ने कल्पना मात्रै गरेर हेर्ने हो भने यो परिस्थिति हटेर जाने बताए ।

 

कार्यक्रममा आफ्ना भनाई राख्ने क्रममा सामाजिक बिकास कार्यालय नवलपुरका कार्यालय प्रमुख ज्ञानप्रसाद भुसालले घरपरिवारदेखि छिमेक–समाज सम्पूर्णले ज्येष्ठ नागरिकलाई सहयोग गर्ने, दयाभन्दा पसिन अधिकार दिने, सम्मान गर्ने र उनीहरुले जीवनभरि हासिल गरेका ज्ञान–सीप, क्षमता र योग्यताको कदर गर्नुपर्ने बताए । उनले ती सबै अनुभवलाई प्रयोग गर्ने परिपाटीको बिकास हुनुपर्ने बताए।

 

दिवसको अवसरमा गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट, विनयीत्रिवेणीका १२ जना ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।

 

https://www.youtube.com/watch?v=3f8NQ2xICJ8

 



सम्बन्धित
Loading...