लोहोरो प्रहार गरी श्रीमतीको हत्या


 



 

पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा घरायसी झगडामा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।

 




इम्बुङका इन्द्रकुमार नेम्वाङले यही पुस ९ गते घरायसी झगडामा आफ्नी श्रीमती ४५ वर्षीया जीवनकुमारी नेम्वाङको टाउकोमा लोहोरोले प्रहार गरेका थिए ।

 

 

लोहोरोले लागेर गम्भीर घाइते भएकी जीवनकुमारीको झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा आइतबार उपचारकै क्रममा मृत्यु भएको थियो ।

 

 

जीवनकुमारीको मृत्यु भएपछि उक्त विषयको जानकारी पाएको प्रहरीले लगत्तै इन्द्रकुमारलाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

 

 

घटनाबारे नेम्वाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

https://www.youtube.com/watch?v=3f8NQ2xICJ8

 



सम्बन्धित
Loading...