६७ हजार नगदसहित ८ जना जुवाडे पक्राउ


 



 

मकवानपुर प्रहरीले ६७ हजार ३ सय ३५ रुपैयाँ नगदसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

 

 




पुर्वीक्षेत्र बकैया गाउँपालिका-९ बैरुङदमारबाट जुवा खेल्दै गरेका ८ जनालाई १६ थान कौडासहित प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा बकैया ९ हर्कपुरका ३६ वर्षीय दावा लामा बम्जन, ठूलोथलीका ४० वर्षीय दिपलाल थोकर, सेतोभिरका ४९ वर्षिय सुन्दर घिसिङ, ५५ वर्षीय रामबहादुर थिङ, बकैया-५ पाङेखोला मगरटोलका ३२ वर्षीय सुशील लामा रहेका छन् ।

 

 

त्यस्तै प्रहरीले खालबाट ३८ वर्षीय कमल थिङ, बकैया-११ गमलटारका ४५ वर्षीय विजय वाइबा र २६ वर्षीय विजय न्यासुर पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

 

पक्राउ परेका ८ जनालाई ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

https://www.youtube.com/watch?v=3f8NQ2xICJ8

 

 



सम्बन्धित
Loading...