टिप्पर पल्टदा नवलपुरमा एक जनाको निधन


 



File Photo

 

नवलपुर । पूर्वी नवलपरासीमा टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको निधन भएको छ ।

 




अस्थायी प्रहरी चौकी सर्दीका अनुसार सोमबार साँझ साढे ४ बजेतिर पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३ भुटुकेमा भित्री सडक खण्डमा लु २ ख ४७०८ नम्बरको टिप्पर सडकबाट अन्दाजी २ सय मिटर तल पल्टँदा टिप्पर चालकको निधन भएको हो ।

 

दुर्घटनामा टिप्पर चालक मकवानपुर जिल्लाको मनहरी गाउँपालिका १ निवासी ३४ बर्षीय प्रकाश थिङको निधन घटना स्थलमै मृत्यु भएको हो ।

 

 

 



सम्बन्धित
Loading...