परासीमा कावासोतीको २ जना सहित ४ जना लागु औषध सहित पक्राउ

परासी । पश्चिम नवलपरासीमा लागुऔषध सहित ४ जना पक्राउ परेका छन् ।
पश्चिम नवलपरासीका अनुसार गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पश्च्मि नवलपरासीबाट खटिएको प्रहरी टोलीले भुमही परासी सडक खण्डको रामग्राम नगरपालिका वडा नं. ११ रानीपाकड २ थान मोटरसाइकल सहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा लु ४५ प ४१५३ नं। को मोटरसाईकलमा सवार पूर्वी नवलपरासीको कावासोती नगरपालिका ९ मिलनचोक बस्ने बर्ष १९ को सुदिप सुनार र कावासोती ३ स्मृती टोल बस्ने बर्ष १९ को निश्चल घिमिरे रहेका छन् ।

उनीहरुको साथबाट ८५५ ट्याब्लेट नाईट्रोभेट फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर साहीले बताए ।
त्यसैगरी उनीहरुसँगै बा. प्र. ०२–०३० प ६२३९ नं. को मोटरसाइकलमा आएका दुई जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले कालिकोट जिल्लाको खडाचक्र नरपालिका ४ बस्ने बर्ष २२ को बिमल शाही र सोही ठाउँका बर्ष २२ को रमेश अधिकारी समेत नियन्त्रणमा लिई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

