नवलपुरमा मोटरसाइकल विजुलीको पोलमा ठक्कर खाँदा एक जना गम्भीर घाइते

नवलपुर । पूर्वी नवलपरासीमा मोटरसाइकल विजुलीको पोलमा मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
मध्यविन्दु नगरपालिका ७ चोरमारा स्थित भित्री सडक खण्डमा लु ६ प ४२८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई विजुलीको पोलमा ठक्कर खान पुगेको थियो ।

दुर्घटनामा परी पाल्पाको निस्दी गाउँपालिका ३ घर भई हाल पाल्पाको निस्दी गाउँपालिका ८ फुलबारी निवासी २० बर्षीय दोविन्द सोमै गम्भीर घाइते भएको प्रहरी चौकी तम्सरियाले जनाएको छ ।
उनको टाउको र अनुहारमा चोट लागेको छ । घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।
