नवलपुरमा बस र टिप्पर ठक्कर खाँदा ५ जना घाइते


 



 

नवलपुर । पूर्वी नवलपरासीमा बस र टिप्पर एक आपसमा ठक्कर खाँदा ५ जना घाइते भएका छन् । पाँच जना घाइते मध्ये ३ जना गम्भीर घाइते भएका छन् ।

 




गएराति पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरेमा नेपालगञ्जबाट काकटभित्ता आउँदै गरेको बा ५ ख ४५ नम्बरकास बस र विपरित दिशाबाट आउँदै गरेको प्रदेश–२–०३–००१ ख ४०१२ नम्बरको टिप्पर एक आपसमा ठक्कर खाँदा बसमा सवार २ जना र टिप्परमा सवार ३ जना गरी ५ जना घाइते भएका हुन् ।

 

 

घाइतेहरुको अवस्था गम्भीर रहेको र उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।

 

 

दुर्घटनामा परी टिप्पर चालक दाङ जिल्लाको २९ बर्षीय अनिल चौधरी, टिप्पर सहचालक २१ बर्षीय मनिस चौधरी, टिप्पसरमा सवारी दाङकै २७ बर्षीय अशोक चौधरी, बसमा सवार मोरङ जिल्लाको मोरङ गाउँपालिका ८ निवासी २७ बर्षीया मनिसा नेपाली र उनकी ९ बर्षीया छोरी शिजा नेपाली घाइते भएका छन् ।

 

 

टिप्परमा सवार ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस र टिप्पर घटना स्थलमै रहेको र सवारी १ तर्फी सञ्चालनमा रहेको दुम्किबास प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...