अरुणखोलामा भोलिदेखि मध्यविन्दु महोत्सव, सांसद महतले उद्घाटन गर्ने


 



नवलपुर । पूर्वी नवलपरासीको अरुणखोलामा भोलिदेखि मध्यविन्दु महोत्सव हुने भएको छ ।

 

महोत्सवको संघीय सांसद एवम् नेकपा एमालेका केन्द्रिय सदस्य तिलक महतले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक संस्था मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार पराजुलीले बताए ।

 




महोत्सव पुस १४ गतेबाट २४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

 

महोत्सवमा मध्यविन्दु स्तम्भ, कृषि, व्यापार, होटल लगायतका आकर्षकहरु रहने छन् । त्यसैगरी राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको समेत प्रस्तुति रहने छ ।

 

मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवमा १ सय बढी स्टलहरु बुक भईसकेको पराजुलीले बताए ।

 

महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ८ करोड बढीको कारोबार हुने आयोजकले अपेक्षा लिएको छ ।

 

महोत्सवको उद्घाटन पूर्व भोलि अरुणखोला बजारमा विभिन्न जातजातिका झाँकी सहितको शोभा यात्रा निकालिने अयोजकले जनाएको छ । त्यसैबीच महोत्सवको तयारी पुरा भएको पराजुलीले बताए ।

 

 

 



सम्बन्धित
Loading...