नवलपुरमा भन्सार छली भारत लैजादै गरेको ३६ लाख बराबरको पुरानो ब्याट्रीसहित ३ जना पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपुर । कर छली भारततर्फ लैजादै गरेको ३६ लाख रुपैयाँ बराबरको एक ट्रक पुरानो ब्याट्री सहित नवलपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
मंगलबार राति पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. ८ स्थित थानाचोकमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको चालक प्रमोद रायले चलाएको बाग्मती प्रदेश ०३–००१ ख १५५२ नं. को ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सागर पन्तले दाउन्ने न्यूजलाई बताए ।

ट्रकमा लोड भई आएका बिभिन्न साईजका बिल कागजात नभएका २४ दशमलब १६० टन पुराना ब्याट्रीहरु अन्दाजी ३६ लाख २४ हजार वरावरको सामान फेला पारेको उनले बताए ।
प्रहरीले ब्याट्री बरामद गरी ट्रक सहित ३ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा ट्रक चालक सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका वडा नं. २ बस्ने बर्ष २७ को प्रमोद राय, ट्रकमा सवार रौतहट जिल्लाको परौवा नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४७ को निरज कुमार जैसवाल र सर्लाही जिल्लाको मलङ्गवा न.पा. वडा नं. २ बस्ने बर्ष १८ को आकाश कुमारलाई समेत पक्राउ गरी आवश्यक कार्वाहीको लागी ट्रक सहित राजश्व अनुसन्धान कार्यालय वुटवल रुपन्देही पठाईएको पन्तले बताए ।



https://www.youtube.com/watch?v=uvx4d8LbCK0