लगातारको बर्षाले कावासोतीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रामकुमार श्रेष्ठ –
नवलपुर । रातिदेखि परेको लगातारको बर्षाले पूर्वी नवलपरासीको कावासोतीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
विहान ५ बजेदेखि सडक अवरुद्ध भएको र अहिलेसम्म सवारी साधन राम्ररी सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सागर पन्तले दाउन्ने न्यूजलाई बताए ।
डिभिजन वन कार्यालय कावासोतीदेखि करिब २ सय मिटर पूर्व सडक निर्माणको क्रममा बनाएको डाइभर्सनमा गाडीहरु फसेपछि सडक अवरुद्ध भएको हो ।
डाइभर्सन हिलाम्मे भएको छ । जसले गर्दा साना गाडीहरु सजिलै पास हुने सकेको छैन भने ठूला तथा लोड गाडीहरु समेत फस्ने गरेको छ ।

प्रहरी निरीक्षक पन्तले भने – हिलोले गर्दा साना तथा हलुका सवारी साधन पास हुन सकेको छैन भने ठूला गाडीहरु एकाधदुई पास भए पनि फस्ने गरेका कारण तानेर कटाउनु परेको छ ।

सडकमा राम्ररी सवारी साधन पास हुन नसक्दा सडकमा सवारी साधनको लामो लाइन लागेको छ ।
पुरानो भिडियो

