प्रतिकुल मौसमको कारण स¥यो मध्यविन्दु महोत्सव, पुस १८ देखि हुने


 



नवलपुर (चोरमारा) । दोस्रो एतिहासिक मध्यविन्दु महोत्सव–२०७८ पुस १८ गते देखि २८ गते सम्मको आयोजना हुने भएको छ ।

 




यस अगाडी महोत्सवको मिति पुस १४ देखि २४ गते सम्मको लागि तय गरिएको थियो । मौसमी प्रतिकुलताको कारण महोत्सव पुस १८ गते देखि २८ गते सम्म सरेको आयोजक संस्था मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार प्रसाद पराजुलीले बताए ।

 

नवलपुरमा मंगलबार साँझ देखि निरन्तर पानी परिरहेको छ । मौसम अझै केही दिन प्रतिकुल हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पुस १८ गते देखि महोत्सव शुरु गर्ने गरी थप तयारी थालिएको पराजुलीले बताए ।

 

आज एक बिज्ञप्ती मार्फत महोत्सव पुस १८ देखि २८ गते सम्मलाई सरेको संघले जनाएको छ ।

नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–१० अरुणखोलामा मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा उक्त महोत्सव हुन लागेको हो । महोत्सवको लागि यस अघि मंगलबार सबै तयारीहरु सम्पन्न भएको थियो ।

महोत्सवको दिन केही पर सरेपछि महोत्सवलाई थप व्यवस्थित र प्रभावकारी बनाउन काम भइरहेको मध्यविन्दु उद्योग वाणिज्य संघका महासचिव चेतन पौडेलले बताए ।

करिव १ लाख २५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने महोत्सवमा १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको संघका कोषाध्यक्ष देवलाल काफ्लेले बताए ।

महोत्सवले व्यावसायिक वातावरण तयार गर्नुको साथै कोभिड–१९ को कारणले निष्कृय भएको व्यापारीक गतिविधीमा गतिशिलता ल्याउने अपेक्षा आयोजकको रहेको छ ।

महोत्सवबाट युवा उद्यमशिल बनाउने अभियानको थालनीका साथसाथै संस्थागत विकास भई बेरोजगार युवाहरु स्वरोजगार बन्ने अवसरको थालनी हुने, लोपोन्मुख मौलिक कला र संस्कृतिको व्यवसायिक तथा संस्थागत विकास भई संरक्षणमा टेवा पुग्ने, सांस्कृतिक पर्यटन विकासको नयाँ अभ्यास थालनी हुनुको साथै मौलिक कला र संस्कृतिको बारेमा जानकारी हुने अपेक्षा आयोजकको रहेको महासचिव पौडेलले बताए ।

 

https://www.youtube.com/watch?v=IpBuQZToJ9s

महोत्सवको आकर्षणको रुपमा नेपालको मध्य भागमा रहेको मध्यविन्दु स्तम्भ झल्काउने विविध झाँकी सहितको बृहत शोभायात्रा, दोस्रो मध्यविन्दु डान्स आइडल २०७८ को विशेष प्रस्तुती, स्थानीय रुपमा उत्पादित कृषि उपजहरुको प्रदर्शनी, स्थानीय राष्ट्रिय एवम् अन्तराष्ट्रिय उत्पादित बस्तुतथा सेवाको प्रदर्शनी, आदिवासी जनजाती एवं विभिन्न जातिगत मौलिक झाँक्री, कला, संस्कृति भेषभुषा आदिको प्रदर्शनी, मनोरञ्जनका लागि बाल उद्यान, दुग्धजन्य पदार्थ÷प्रविधिको प्रदर्शनी तथा हस्तकला प्रदर्शन, विभिन्न जनजातिका मौलिक खाना तथा अन्य परिकारहरु र स्वदेशमा उत्पादित आधुनिक खानाका परिकारहरको सँगालो खाना महोत्सव हुने आयोजकले जनाएको छ ।

 

 



सम्बन्धित
Loading...