नवलपरासीमा पिकअपको ठक्करबाट पैदल यात्रीको निधन


 



नवलपरासी । पश्चिम नवलपरासीमा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ ।

 

बुधबार दिउँसो नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ८ भौताहा भानुनगर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणबाट तर्फ जादै गरेको बा ७ च ४९९ नं. को पिकअपले पैदल यात्रीलाई ठक्कर दिएको हो ।

 




https://www.youtube.com/watch?v=IpBuQZToJ9s&t=44s

 

दुर्घटनामा परी गम्भीर घाइते स्थानीय ५१ बर्षीया महिला सपना कुवरको लुम्बिनी सिटी अस्पताल बुटवलेमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

 

 

ठक्कर दिने पिकअप र पिकअप चालक जिल्ला नवलपरासी रामग्राम नगरपालिका वडा नं. ०२ परासी बस्ने बर्ष २५ को संतोष कुमार भर ईलाका प्रहरी कार्यालय बर्दघाटको नियन्त्रणमा रहेको उनले बताए ।

 

https://www.youtube.com/watch?v=jtMNS3TsNtk

 

 

 



सम्बन्धित
Loading...