२४ घण्टामा पनि खुलेन कावासोतीमा पूर्वपश्चिम राजमार्ग


 



नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक खण्डको कावासोतीमा अवरुद्ध सडक २४ घण्टामा पनि सञ्चालनमा आउन सकेको छैन ।




https://www.youtube.com/watch?v=IpBuQZToJ9s

हिजो विहान देखि अवरुद्ध सडक आजसम्म पनि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी नवलपरासीका प्रहरी निरीक्षक सागर पन्तले बताए ।

 

कावासोतीदेखि पूर्व खरकट्टा जंगल निर डाइभर्सन भत्किएर सडक अवरुद्ध भएको हो । सडक निर्माण गरेको चाइना कम्पनिको निर्माणमा ढिलासुस्ती र लापरवाहीका कारण पानी पर्ना साथ बुटवल नारायणगढ सडक खण्ड पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।

 

अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा यात्रुहरुले निक्कै सास्ती बेहोर्नु परेको छ ।

 

 

https://www.youtube.com/watch?v=hjmSY8SBPQQ&t=45s

 

प्रहरीले सडक मर्मतको कार्य चलिरहेको र छिट्टै पूर्ण रुपमा सवारी सञ्चालनमा आउने जनाएको छ ।

 

अहिले कावासोती र प्रगतिनगर दुवै क्षेत्रमा सडकमा लामो जाम लागेको छ ।

 

 



सम्बन्धित
Loading...