आज पुस १५ अर्थात तमु ल्होसार, गुरुङ समुदायले नयाँ बर्षको रुपमा मनाउँदै


 



आज पुस १५ अर्थात तमु ल्होसार । आज धुमधामका साथ यो पर्व मनाईदैछ ।

 

यस पर्वलाई सम्बोधन गर्नका लागि आज प्रधानमन्त्री शेरबहादुर देउवा टुँडिखेलमा उपस्थित हुने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । कार्यक्रममा अन्य प्रमुख दलका शीर्ष नेताको पनि सहभागिता रहने बताइएको छ ।




गुरुङ समुदायले आजको दिनलाई नयाँ बर्षको शुरुवात भएको दिन मान्दै तमु ल्होसारलाई धुमधामका साथ मनाउने गर्दछन् । उनिहरुले हरेक बर्षको १५ गते तमु ल्होसार मनाउने गर्दछन् ।

 

तमु प्ये ल्हु संघका लमजुङका अध्यक्ष क्या. मिलबहादुर गुरुङलले ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको बताए । उनका अनुसार गुरुङ जातिको १२ वटा बर्ग चक्रमध्ये यसवर्ष च्य्ह ल्हो अर्थात् चरा बर्गको बिदाई गरी ’खि’ ल्हो अर्थात् कुकुर बर्गको स्वागत गरिँदैछ ।

 

गुरुङ जातिले हरेक वर्षको पुस १५ गते नयाँ वर्षको रुपमा ल्होसार मनाउँछन् । यस अवसरमा उनिहरु खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर मनाउने गर्दछन् । सरकारले हरेक बर्ष ल्होसारको अवसरमा सार्बजनिक विदा समेत दिदै आएको छ ।

 

कावासोतीमा पनि मनाइदै

 

 

यसैबीच आज कावासोती ५ पश्चिम टोलामा पुसे १५ मेला लाग्दै छ ।

नमुना युवा क्लबको आयोजनामा नमुना खेल मैदानमा भलिबल प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागितामा सांस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ।

त्यसैगरी नवलपुरका गुरुङ समुदायले पनि पुसे १५ धुमधामका साथ मनाउने गर्दछन् ।

 

https://www.youtube.com/watch?v=3f8NQ2xICJ8



सम्बन्धित
Loading...