प्रगतिनगर खानेपानी अधिवेशन सत्ता पक्ष भर्सेस एमाले

नवलपुर । पूर्वी नवलपरासीको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि पुस १९ गते अधिवेशनमा सत्ता पक्षीय चार दलीय गठबन्धन र नेकपा एमालेको एकल प्यानलबीच प्रतिप्रर्धा हुने देखिएको छ ।
नेकपा एमालेले संस्थाका वर्तमान अध्यक्ष खिमानन्द भुसालको नेतृत्वमा एकल प्यानल बनाएको छ भने सत्ता पक्षीय गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दल मिलेर कांग्रेस नेता नारायणप्रसाद पौडेलको नेतृत्वमा संयुक्त प्यानल बनाएको छ ।
https://www.youtube.com/watch?v=hjmSY8SBPQQ&t=588s
संस्थाका वर्तमान अध्यक्ष खिमानन्द भुसालको नेतृत्वको प्यानलमा सचिव सुर्यप्रसाद दवाडी र लेखा संयोजकमा रत्ना भुसाल सहित लेखा सदस्यहरुमा शिव पराजुली र गीता रिजाल न्यौपानेलाई नेकपा एमालेले मैदानमा उतारेको छ भने सत्ता पक्षीय गठबन्धनले नारायण प्रसाद पौडेलको नेतृत्वमा सचिवमा ईन्द्रमणी भुसाल, लेखा समिति संयोजकमा लिलाधर अधिकारी, लेखा समिति सदस्यहरुमा शंकरबहादुर नेपाली र सरस्वती चापागाईलाई अगाडी सारेको हो ।
त्यसै गरि नेकपा एमालेले सदस्यहरुमा ब्लक नं १ बाट सीता पाण्डे, ब्लक नं २ बाट टोपप्रसाद न्यौपाने , ब्लक नं ३ बाट चन्द्रकान्त भुसाल, ब्लक नं ४ बाट दिना पराजुली, ब्लक नं ५ बाट गुना भण्डारी , ब्लक नं ६ बाट लिलाबल्भव भुसाल, ब्लक नं ७ बाट दुर्गादेवी विष्ट, ब्लक नं ८ बाट कृष्ण श्रेष्ठ र ब्लक नं ९ बाट जसविर पुलामीलाई अगाडि सारेको छ भने चारदलिय गठबन्धनको तर्फबाट सदस्यहरुमा ब्लक नं १ मा लक्ष्मी तिवारी, ब्लक नं २ मा रमा भट्ट, दवाडी, ब्लक नं ३ मा नन्दुलाल धिताल, ब्लक नं ४ मा दुर्गाकुमारी रेग्मी, ब्लक नं ५ मा सागर भण्डारी, ब्लक नं ६ मा ओमप्रसाद सारु, ब्लक नं ७ मा कृष्णा ढकाल, ब्लक नं ८ मा रामबहादुर गुरुङ र ब्लक नं ९ मा जसबहादुर लुङ्गेलीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।
https://www.youtube.com/watch?v=IpBuQZToJ9s&t=44s
नेकपा एमालेबाट अध्यक्षमा उम्मेदवारी दिएका भुसालको नेतृत्वमा खानेपानी देशकै उत्कृष्ट खानेपानी घोषणा भएको भन्दै उपभोक्ताले विगत ३ वर्षको काम मुल्यांकन गरेर नेकपा एमालेको प्यानललाई उपभोक्ताले पुनः विजयी बनाउने भुसालको दावी छ । उनले आफूले पार्टीको बाहेक व्यक्तिगत हिसाबले मत आउने मतले पनि आफू बलियो रहेको दावी गरेका छन् ।
यता चारदलिय गठबन्धनले संयुक्त गठबन्धनले भने धेरै दल भएकै कारण सबै पदमा गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गरेका छन ।
