नवलपुरमा एकतर्फी खुल्यो पूर्वपश्चिम राजमार्ग – भिडियो सहित

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक खण्डको कावासोतीमा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ ।
हिजो विहान देखि अवरुद्ध सडक आज विहानबाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो । राति पनि एकतर्फी रुपमा सञ्चालनमा आएको भए पनि विहान पख पानी परेपछि पुन रोकिएको थियो ।
हलुका सवारी साधन र यात्रुबहाक बसलाई प्राथमिकतामा राखेर प्रहरीले सवारी साधन पास गराएको छ ।
पूर्णरुपमा सञ्चालनमा आउन अझै समय लाग्ने जिल्ला प्रहरी नवलपरासीका प्रहरी निरीक्षक सागर पन्तले बताए ।
पन्तले भने – पुन पानी परे पुन अवरुद्ध हुन सक्ने सम्भावना छ । अहिले जेनतेन गरेर एकतर्फी सडक सञ्चालनमा आएको छ ।
कावासोतीदेखि पूर्व खरकट्टा जंगल निर डाइभर्सन भत्किएर सडक अवरुद्ध भएको हो । सडक निर्माण गरेको चाइना कम्पनिको निर्माणमा ढिलासुस्ती र लापरवाहीका कारण पानी पर्ना साथ बुटवल नारायणगढ सडक खण्ड पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।
https://www.youtube.com/watch?v=hjmSY8SBPQQ&t=601s
अहिले कावासोती र प्रगतिनगर दुवै क्षेत्रमा सडकमा लामो जाम विस्तारै घट्दै गएको छ । सडकमा धेरै जसो मालबहाक सवारी साधनहरु रोकिएका छन् ।











































