नवलपरासीमा दैनिक जसो मोबाइल नेटवर्कमा समस्या


 



नवलपुर । पूर्वी नवलपरासीमा दैनिक जसो नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या आउने गरेको छ ।

 

अहिले बुटवल नारायणगढ सडक खण्ड विस्तार कार्य जारी रहेको अवस्थामा सडकमा कार्यरत कर्मचारी र कम्पनीको लापरवाहीले यस्तो समस्या आउने गरेको छ ।

 




 

 

नेपाल टेलिकम कावासोती शाखाका अनुसार ठाउँठाउँमा सडक विस्तारको क्रममा टेलिकमको फाइबर लाइन काटिने गरेको कारण यस्तो समस्या आएको हो ।

 

नवलपुरमा पछिल्लो २ महिना यता नेपाल टेलिकमको मोबाइल र ल्याण्ड लाइन फोनमा दैनिक समस्या देखिने गरेको छ ।

 

त्यसैगरी एनसेल र इन्टरनेट सेवा प्रदायक कम्पनीको नेटवर्कमा समेत समस्या आउँदा इन्टरनेटमा पनि दैनिक समस्या देखिने गरेको छ ।

 

फोन लाग्दै नलाग्ने, फोन लागि हाले बोलेको नबुझिने जस्ता समस्याहरु दैनिक जसो हुने गरेको छ ।

 

https://www.youtube.com/watch?v=qxBpGKhm_AI

 



सम्बन्धित
Loading...