अढाई महिनाकै यता कमजोर भयो अमेरिकी डलर, अन्यको अवस्था कस्तो छ ?


 



नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको मूल्यमा अढाई महिना यताकै सबैभन्दा कम रहेको छ ।

 

शुक्रबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा र विक्री दर ११९ रुपैयाँ ३६ पैसा रहेको छ । विहीबार एक अमरिकी डलर बराबर ११९ रुपैयाँ २८ पैसा खरिदर रहेको छ भने बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको थियो ।

 




बुधबार एक डलरको खरिददर ११९ रुपैयाँ १५ पैसा विक्रीदर ११९ रुपैयाँ ७५ पैसा रहेको थियो ।

 

युरोपेली मुद्रा यूरो एकको खरिददर १३४ रुपैयाँ २५ पैसा र विक्रीदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, अस्टेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १९ पैसा र विक्री दर ८६ रुपैयाँ ६३ पैसा रहेको छ ।

 

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

त्यस्तै, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६३ पैसा र विक्रीदर ३१ रुपैयाँ ७९ पैसा रहेको छ । जापानीज ऐन १० को खरिददर १० रुपैयाँ ३१ पैसा र विक्रीदर १० रुपैयाँ ३६ पैसा रहेको छ ।

 

https://www.youtube.com/watch?v=hjmSY8SBPQQ&t=1208s

 

त्यस्तै सबैभन्दा महगो मुद्रा कुवेती दिनारको एक हप्ता पहिला एकको खरिददर ४०० रुपैयाँ ५८ पैसा पुगेको थियो भने विक्रीदर ४०२ रुपैयाँ ५६ पैसा रहेको थियो ।

 

शुक्रबार कुवेती डिनार एकको खरिददर ३९२ रुपैयाँ ४० पैसा रहेको छ भने विक्रीदर ३९४ रुपैयाँ ३८ रुपैयाँ रहेको छ ।

 

त्यस्तै बहराइन दिनार पनि एकको खरिददर ३१४ रुपैयाँ ९९ पैसा र विक्रीदर ३१६ रुपैयाँ ५८ पैसा रहेको थियो ।

 



सम्बन्धित
Loading...