कावासोतीमा मोटरसाइकलको ठक्करबाट बालिकाको निधन


 



नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ११ लौगाईमा भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक जना बालिकाको निधन भएको छ ।

 




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती न.पा.–११ लौगाई स्थित भित्री सडक खण्डमा लु २७ प ३१६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री लौगाई निवासी ८ बर्षीया बालिका सरस्वती गौतमको निधन भएको हो ।

https://www.youtube.com/watch?v=hjmSY8SBPQQ&t=1208s

 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा निधन भएको हो ।

 

मोटरसाइकल र मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ ।

 

 

 

 



सम्बन्धित
Loading...