त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाक्लो हुस्सु, दुई विमान आकाशमा होल्ड

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी नभएका कारण विमान उडान तथा अवतरण रोकिएका छन ।
भिजिबिलिटी १०० मिटरभन्दा कम भएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन नसकेको विमान स्थलले जनाएको छ ।
सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन् ।

विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी नभएका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय विमान सबैको प्लाइट ठप्प भएको विमान स्थलले जनाएको छ ।
कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाइरहेको टर्मिन कार्यालयले जानकारी दिएको छ ।
https://www.youtube.com/watch?v=3f8NQ2xICJ8
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिलन विभागले भन्यो, हाल विमान स्थलबाट कुनै पनि आन्तरिक अथवा अन्तर्राष्ट्रिय उडान सबै ठप्प भएको छ ।
एउटा कुवेतको विमान आकाशमा होल्डमा छ अन्य सबै विमानहरु ग्राउण्डमा नै रहेका छन् ।
https://www.youtube.com/watch?v=jtMNS3TsNtk