टोपी दिवस कावासोतीमा मनाइयो – फोटो फिचर


 



नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा आज राष्ट्रिय टोपी दिवस मनाइएको छ ।

पत्रकार तीर्थराज भुसाल स्मृति प्रतिष्ठानको आयोजनामा आज कावासोतीमा नवौं राष्ट्रिय टोपी दिवस मनाइएको हो ।

 




टोपी दिवसमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमले हरेक नेपालीले राष्ट्रिय टोपी दिवसमा मात्र नभएर हरेक दिन नेपाली ढाका टोपी लगाएर राष्ट्रिय पहिचान टोपीको अस्तित्व जोगाई राख्नु पर्नेमा जोड दिए ।

 

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष झपेन्द्रश्वर भुसालको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकार, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

फोटो फिचर 

 

 

 

 

 

 

 

 

https://www.youtube.com/watch?v=AapDtm349iA&t=5s



सम्बन्धित
Loading...