प्रहरीको नाममा लागुऔषध कारोबार गर्ने नक्कली इन्स्पेक्टर प्रहरीको फन्दामा




नक्कली प्रहरी अधिकारी बताएर लागुऔषध कारोबार गर्दै हिड्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

कञ्चनपुरको पुनर्वासस्थित ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले नक्कली प्रहरी निरीक्षकलाई पक्राउ गरेको हो ।

 




पक्राउ पर्नेमा आफूलाई नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो प्रहरी निरीक्षक हुँ भन्ने धनगढी उपमहानगरपालिका–७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारीलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ ।

 

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पुनर्वास नगरपालिका–१० दोदा पुलबाट पक्राउ गरेको हो ।

https://www.youtube.com/watch?v=9z1ACWctmuU&t=1132s

 

सनम भण्डारीले चलाएको से ३ प ४४९६ नम्बरको हन्क मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा कालो प्लाष्टिकमा लुकाएर राखेको फेला पारेर उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।

 

सनम भण्डारी नक्कली प्रहरीको खोल ओड्दै लागुऔषध ओसारपसारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

 

 

उनीहरुको साथबाट १५ ट्याब्लेट नाइट्राभेट र स्पास लेखेको ४४ थान क्याप्सुल बरामद गरिएको छ ।

 

पक्राउ परेकाहरुमाथि थप छानबिन भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज प्रहरी निरीक्षक कैलाश सिह बिष्टले बताए ।

 

 



सम्बन्धित
Loading...