बुटवलबाट शव लिएर रिडी जाँदै गरेको बस पाल्पामा दुर्घटना, ७ जनाको घटना स्थलमै निधन


 



बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने दुर्घटनामा ८ जना घाइते भएका छन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको हो ।

 




दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

https://www.youtube.com/watch?v=IpBuQZToJ9s&t=3s

 

घाइतेहरुको उपचारको लागि तानसेनको मिसन अस्पतालमा पठाइएको छ । बसमा सवार अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

चार वटा शब बाहिर देखिएको र ३ जनाको शव बसले च्यापिएकोले जेसिबी मगाएर झिक्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

 



सम्बन्धित
Loading...