गिरुवारी खोलाः प्रहरीलाई हप्ता नदिने ट्याक्टरलाई खोलामा नो इन्ट्री

नवलपुर। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका २, ३ र ४ मा पर्ने गिरुवारी खोला र हुप्सेकोट १ मा पर्ने पत्थर खोलामा प्रहरीलाई हप्ता नदिने ट्याक्टरलाई खोलामा प्रवेश नदिने गरेको खुलासा भएको छ ।
स्रोतका अनुसार अस्थायी प्रहरी चौकी झ्यालबास हुप्सेकोटका प्रहरी इन्चार्ज कर्मल अली, प्रहरी हवल्दार भक्तबहादुर चन्द लगायतका प्रहरीहरुलाई नियमित हप्ता दिनेलाई खोलामा अवैध गिटी बालुवा चोरी तथा निकासी गर्न दिने र अन्यलाई प्रवेश नदिने गरेको स्थानीयले बताए ।
गिरुवारी र पत्थर खोलामा प्रतिट्याक्टर हप्ताको ५ हजारदेखि ७ हजार रुपैयाँसम्म असुली गरी अवैध नदीजन्य वस्तु निकासी गर्न दिएको स्थानीय गाउँलेहरुले बताए ।
हप्ता नदिने ट्याक्टरहरुलाई भने खोलामा प्रवेश गर्ना साथ खोजी खोजी कारवाही गर्ने गरेको ट्याक्टर व्यवसायीहरु स्वयम् गुनासो गरेका छन् ।
प्रहरी हवल्दार चन्दले प्रहरीहरुले लेनदेन गरेका ट्याक्टर व्यवसायीहरुसँग होटलमै सँगै खाने बस्ने समेत गर्दछन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका घुमुवा (सादा पोशाकका प्रहरी) इन्चार्ज असई पुरन केवटको नेतृत्वको टोलीले समेत अस्थायी प्रहरी चौकी झ्यालबासका प्रहरी टोलीसँग मिलेर ट्याक्टर व्यवसायीसँग रकम असुल्ने गरेको स्थानीयले दाउन्ने साप्ताहिकलाई बताए ।
https://www.youtube.com/watch?v=AapDtm349iA

