चिसोले नवलपरासीको जनजीवन प्रभावित

गोपी ज्ञवाली ।
नवलपरासी, पुस १८ गते । पछिल्लो पाँच दिनदेखि पश्चिम नवलपरासीको मैदानी क्षेत्रमा लागेको हुस्सुका कारण नवलपरासीको जनजीवन प्रभावित भएको छ ।
नवलपरासीको मुख्य रुपमा मैदानी भागमा पछिल्लो तीन दिनदेखि घाम नदेखिएको र हुस्सु लागेका कारणले जनजीवन कष्टकर बन्दै गएको छ ।
घामको अभावमा नवलपरासीको मैदानी खण्डमा विहानदेखि नै बाक्लो हुस्सु लाग्ने गरेकाले सडकमा यात्रा गर्नु जाखिमपूर्ण रहेको छ ।
सडकमा हिडदा गाडीमा बत्ती बाल्दा समेत केही मिटरको दुरी सम्म मात्र सडक देखीएकोले सडकमा गुडने गाडीहरु सुस्त गतिमा हिडनु परेको सुनवल ४ निवासी गाडी चालक हरि प्रसाद शर्माले बताए ।
बाक्लो हुस्सुका कारण पुर्व पश्चिम लोकमार्गमा गुडने सवारी साधनहरु पनि अत्यन्तै जोखिमपुर्ण अवश्थामा यात्रा गर्नु परेको बताईएको छ ।
शितलहरको मात्रा बढदै गए पछि विहान बेलुकाको समयमा सडकमा हिडडुल गर्न समेत समस्या पर्न थाले पछि नवलपरासीका स्थानिय सरककारहरुले बजारका विभिन्न स्थानमा आगो बाल्नका लागि दाउरा वितरण गरेका छन ।
विहान देखी नै बाक्लो हुस्सुका कारण जिल्लाको सदरमुकाम परासी बजार, सुनवल, गोपीगंज, बर्दघाट, सेमरी, सुस्ता, बेलाटारी लगाएतका बजाराहरुमा दिउसोमा पनि बजारको चहलपहमा कमी आएको छ ।
https://www.youtube.com/watch?v=hjmSY8SBPQQ&t=1231s
मैदानी भागमा केही दिन देखी लगातार शितलहर बढेका कारण चिसोले केटाकेटी एवं बृद्धकृद्धनलाई समस्या पारेको छ भने गरिब एवं सडकमा रहेका गरिब असहायहरुको जीवन अझै कस्टकर बनेको परासीका पत्रकार पुर्षात्तम सुबेदीले बताए ।
अत्याधिक चिसोका कारण बृद्ध र बालबालिकाहरुलाई स्थाश्थ्यमा समेत समस्या परेको बताईएको छ । चिसोका कारण रुघाखोकी, दम, निमोनिया, जस्ता समस्या लिएर अस्पतामा आउने विरामीको संख्यामा हवत्तै बढेको परासी स्थित पृथ्बीचन्द्र अस्पताल प्रशासनले जनाएको छ ।