नवलपुरमा घाँस काट्ने क्रममा मेसिनले हात काट्यो

नवलपुर । पूर्वी नवलपरासीमा एक जना मजदुर घाँस काट्ने क्रममा घाँस काट्ने मेसिनले हात काटेर घाइते भएका छन् ।
स्थानीय बासिन्दाका अनुसार नवलपुरको मध्यबिन्दु नगरपालिका – २ चनौली बस्ने बर्ष ४५ को बाबुलाल महत्तोको मध्यविन्दु –४ लुस्लहरी स्थित रहेको नारायणी कृषी तथा पशुपालन फर्ममा रहेको घाँस काट्ने मेसिनमा घाँस काट्ने क्रममा हात काटिएको हो ।
https://www.youtube.com/watch?v=9z1ACWctmuU&t=132s
उनको दाहिने हातको नाडीबाट काटिएको र मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार पछि थप उपचारका लागि नारायणी सामुदायिक अस्पताल भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
