नवलपुरमा मोटरसाइकलको ठक्करबाट ३ जना पैदलयात्रु घाइते

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ४ जनक स्कुल नजिकै गएराति मोटरसाइकलको ठक्करबाट ३ जना घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदैं गरेको बा ५७ प ४११५ नम्बरको मोटरसाइकलले पैदलयात्रीहरुलाई दिएको हो ।
https://www.youtube.com/watch?v=IpBuQZToJ9s
मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्लाको जिराबनी गाउँपालिका घर भई हाल गैडाकोट –४ बस्ने २५ बर्षीय प्रकाश चौधरी, पैदलयात्री भारत घर भई हाल गैंडाकोट ५ बुद्ध चोक बस्ने बर्ष २१ को दिनेश कुमार र बर्ष ३० को पिन्टु जैसवाल घाइते भएका छन् ।
मोटरसाइकल चालकको नयाँ मेडिकल कलेज भरतपुरमा र पैदलयात्रुहरुको गैंडाकोट पोलिक्लिनिकमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

