पश्चिम नवलपरासी ९ लाख मुल्य बराबरको अवैध मालसामान बरामद



परासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले ९ लाख १ हजार ४ सय मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।

 



भारतबाट अवैध रुपमा ल्याई वेवारीसे अवस्थामा राखेको अटो गाडीको हेड ४ सिलीण्डर १ थान, अटो गाडीको हेड ३ सिलीण्डर १ थान, टाटा गेयर बक्स १२ थान, ढोकाको कव्जा ९ थान, नलको वासर ४ थान, नलको वेश ६ थान, नलको पिस्टन २० थान र चिनी ४५० के.जी. लगायतका मालसामान जिल्लाको रामग्राम नगरपालिका वडा नं. ७ उजैनी स्थितबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

https://www.youtube.com/watch?v=H1AnAP3ize8




बरामाद मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।



सम्बन्धित
Loading...