जबरजस्ती करणी आरोपमा पाल्पाबाट एक जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा पाल्पाबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाकी १८ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको सियारी गाउँपालिका–६ स्थायी घर भएका ३८ वर्षीय अन्तराम थारु चौधरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
https://www.youtube.com/watch?v=oT-J8cfUMaM&list=UUdVEllX6-3RtSujuMJI-nBQ
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता रामेश्वर त्वातीका अनुसार चौधरीले आइतबार जबरजस्ती करणी गरेको भनि ती किशोरीले जानकारी गराएपछि प्रहरी चौकी बल्डेङगढी र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

