महेसपुर भन्सारमा ५ महिनामा १० करोड बढि राजस्व संकलन

परासी । नवलपरासीको महेसपुर भन्सारले ५ महिनामा १० करोड बढि राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालयले श्रावण महिनादेखि मंसिर महिनासम्ममा कुल १० करोड, ४२ लाख २८ हजार ५५१ रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ । महेसपुर भन्सार छोटीबाट मुल भन्सार भएपछि राजस्व वृद्धि हुदै गएको हो ।
कार्यालयले उक्त ५ महिनामा पैठारी भन्सार महसुल तर्फ ६ करोड, १५ लाख ३ हजार २५१ रुपैया, कृषि सुधार शुल्क तर्फ १ करोड, २२ लाख, ८१० रुपैया, सेवा दस्तुर तर्फ ६ लाख १३ हजार रुपैया रहेको जानकारी दिएको छ ।
त्यस्तै अन्य प्रशासनिक सेवा शुल्कबाट ३७ हजार, अन्तशुल्कबाट २३ लाख ८१ हजार, २१५, मुल्य अभिबृद्धि करबाट २ करोड, ६९ लाख, ४९ हजार ७७८ र आयकरबाट ५लाख ४३ हजार ४९७ रुपैया गरि कुल १० करोड, ४२ लाख २८ हजार ५५१ रुपैया संकलन भएको भन्सारले जनाएको छ ।
https://www.youtube.com/watch?v=hjmSY8SBPQQ
कार्यालयले मंसिर महिनामा मात्र १ करोड, ४९ लाख ३८ हजार ७०३ रुपैया राजस्व संकलन गरेको छ ।
यस नाकाबाट, खाद्यान्न, कपडालत्ता, भाँडाकुडा, भुँस, कोईला, किराना तथा कास्मेटिकका सरसामानहरुको पैठारी हुने गर्दछ ।
