खोलामा ट्याक्टरको ठक्करबाट मजदुर घाइते

नवलपुर । पूर्वी नवलपरासीमा ट्याक्टरको ठक्करबाट एक जना मजदुर घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार विनयी त्रिवेणी गाउँपालिका १ सेतो भित्ता स्थित विनयी खोलामा गिटी लिन गएको ट्याक्टरले मजदुरलाई ठक्कर दिएको हो ।
लु २ त ९७११ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा रामग्राम नगरपालिका ८ निवासी ४८ बर्षीय साधु हरिजन घाइते भएका हुन् ।
उनको अवस्था गम्भीर रहेको र लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=oT-J8cfUMaM
