अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी, १२ जनाको मृत्यु




अमेरिकाको फिलाडेल्फियास्थित एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ ।

भवनमा २६ जना मानिस बस्दै आएकोमा ८ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन् भने दुई व्यक्ति घाइते भएका छन् ।




आगलागीको समयमा बज्ने सङ्केत घडीले काम नगरेपछि आगो नियन्त्रणमा ढिलाई भएको उद्धार अधिकारीले बताएका छन् ।

सूचना ढिलो गरी प्राप्त भएको र उद्धार टोली घटनास्थलमा पुग्दा आगो भवनभित्र फैलिइसकेकोले ठूलो मानवीय क्षति भएको फिलाडेफियाको स्थानीय प्रशासनले बताएको छ ।

बिद्युत शर्ट भई आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमानपछि थप अनुसन्धान सुरू भइसकेको छ । आगलागीका कारण भवनको अधिकांश भागमा क्षति भएको छ ।

 



सम्बन्धित
Loading...