नवलपुरमा ५४ हजार नगद सहित ११ जना जुवाडे पक्राउ




नवलपुर । नवलपुर प्रहरीले ५४ हजार नगद सहित ११ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

कावासोती नगरपालिका २ वि.पि.चोक नजिकै चोल बहादुर कानुङको घरमा जुवातास खेलीरहेको अवस्थामा नवलपुर प्रहरीको टोलीले २ बुक तास र ५४ हजार पाँच सय साठी रुपैँया नगद सहित ११ जनालाई नियन्त्रणमा लिएको हो ।




पक्राउ पर्नेमा कावासोती ३ बस्ने बर्ष २८ को बुद्धी पुलामी, कावासोती ३ निवासी बर्ष ३८ को डम्बर सिंह लामिछाने मगर, कावासोती–२ बस्ने बर्ष ४० को नरेश कुमार वि.क., कावासोती २ निवासी बर्ष ३५ को विजय कुमार रसाईली, कावासोती २ निवासी बर्ष २५ को शंकर सुनार, कावासोती २ निवासी बर्ष २३ को भिम कुमार श्रेष्ठ, बर्ष २४ को कृष्ण बहादुर वि.क., बौदीकाली गाउँपालिका ४ बस्ने बर्ष ३१ को लेख बहादुर फाल, बौदीकाली २ बस्ने बर्ष ४० को खिम बहादुर लामिछाने, बौदीकाली ३ बस्ने बर्ष २५ को विशाल मर्स्याङ्गी र भारत घर भई हाल कावासोती–३ बस्ने बर्ष ३२ को हविजित यादव रहेका छन् ।

https://www.youtube.com/watch?v=oT-J8cfUMaM&list=RDyBFSYvjoJXc&index=3

 

 



सम्बन्धित
Loading...