सनलाईट सामुदायिक विकास केन्द्रको साधारण सभा
सनलाईट सामुदायिक विकास केन्द्र कावासोती १६ को ८ औं साधारण सभा तथा अधिवेशन डण्डामा भएको छ ।
संस्थाका अध्यक्ष गोपाल सिर्पालीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कावासोती नगरपालिका १६ का वडा अध्यक्ष एकादत्त वस्ति रहेका थिए ।
युवाहरूको सक्रियताले क्लबलाई अगाडि बढाएको र क्लबले समाजमा धेरै रूपान्तरण ल्याएकोमा प्रमुख अतिथिले खुशी व्यक्त गरे।
कावासोती १६ को अग्यौली सामुदायिक पुस्तकालयको सभाहलमा भएको कार्यक्रममा खुल्ला सत्र मात्र भएको छ भने बन्द सत्रको निम्ति माघ ८ गते तोकिएको छ ।
वि. सं. २०५४ सालमा कावासोती १६ मा रहेको तत्कालिन शान्ति युवा क्लब र सयपत्री युवा क्लब एकता भई सनलाईट युवा क्लब बनेको हो । हाल यस संस्थामा १०११ आजीवन सदस्य रहेका छन् । अघिल्लो पटक नेतृत्वको लागि सहमति नभए पछि चुनाव नै गर्नु परेको थियो ।
