लुटेराको आक्र’मणमा २०० गाउँलेको मृ’त्यु

नाइजेरियामा कम्तिमा २०० जनाको ह’त्या भएको छ । बन्दुकधारी लुटे’राहरुको समूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा ह’त्या गरेको स्थानीयले बताएका हुन् ।
राज्य सरकारले ५८ जनाको ह’त्या भएको जनाएको छ । मारि’एका सबै जनाको सेनाले सा’मूहिक दाह’संस्कार गरेको छ ।
‘बन्दु’क’धारी लुटेराको आक्रम’णमा मा’रिएका कम्तिमा १४३ जनाको दा’हसंस्कार गरेका छौै,’ एक स्थानीय नेता बलराबे अलहाजीले भने । आक्रमणमा २०० भन्दा बढीको मृ’त्यु भएको उनले बताए ।

मोटरसाइक चढेर आएका झन्डै ३०० आक्रमणकारीले १० ओटा गाउँमा हम’ला गरेर लुटपाट गरेको जनाइएको छ । उनीहरुले घरमै गो’ली प्रहार गरेर लुट’पाट मच्चाएका थिए ।
नाइजेरियामा लामो समयदेखि लडा’कू तथा हिं’स्रक लुटे’रा समूहले सर्वसाधारणलाई दुःख दिने गरेका छन् भने उनीहरुको सामना गर्न सरकारी सुरक्षाकर्मीहरु असफल हुदै आएका छन् । सरकारले यस्ता समूहहरुलाई आ’तङ्क’कारी घोषणा गरे पनि तिनीहरुलाई परास्त गर्न सकेको छैन ।
यसैबीच, लुट’पाट मच्चाउने १०० जना लुटेरा सेनाको कारबाहीमा मा’रिएको समाचार विवरणमा जनाइएको छ । जामफारा राज्यमा यसअघि पनि लुटेराले दर्जनौं गाउँलेको ह’त्या गरिसकेका छन् ।