५ जिल्लाका सिडिओ फेरिए, नवलपरासीमा सुमन घिमिरे

गृह मन्त्रालयले ५ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ ।
गृहले पुस २३ को मन्त्रीस्तर निर्णयबाट सिडिओ हेरफेर गर्ने निर्णय गरेको थियो । सल्यानमा विपिन आचार्य, काभ्रेमा हुमकला पाण्डे, पूर्वी नवलपरासीमा सुमन घिमिरे, धनुषामा सुरेन्द्र पौडेल र कालिकोटमा रामहरि शर्मालाई प्रजिअ खटाइएको छ।
साथै गृहले दुई सहसचिव र दुई उपसचिवलाई पनि काज सरूवा गरेको छ। बन्दुप्रसाद बास्तोला र शिवराम पोखरेललाई गृह मन्त्रालय ल्याइएको हो।
लक्षमीदेवी खतिवडा र कृष्णप्रसाद आचार्यलाई पनि गृह मन्त्रालयमा ल्याइएको छ ।