नवलपरासीका पशुहरुमा खोरेतको प्रकोप दर्जनौको मृत्यु

गोपी ज्ञवाली –
नवलपरासी । पश्चिम नवलपरासीका पशुहरुमा खोरेतको रोगले प्रकोपको रुप धारण गरे पछि पशुहरुको मर्ने क्रम बढदै गएको छ ।
पश्चिम नवलपरासीको सुनवल, वर्दघाट, रामग्राम नगरपालिका, सरावल, पाल्हीनन्दन गाउँपालिका सहित नवलपरासीको छिमेकी जिल्ला रुपन्देहीको देवदह नगरपालिकामा समेत पशुहरुमा लाग्ने खोरेतको रोगले प्रकोपको रुप लिए पछि दर्जनौं पशुहरु मरेको सुनवल नगरपालिकाका पशु शाखा कार्यालयका प्रमुख मिश्री प्रसाद खडकाले बताउनु भएको छ ।
कृषि शाखा प्रमुख खडकाका अनुसार सुनवल नगरपालिका वार्ड नम्बर ११ स्थित मिस्रौलीकी हेमा पाण्डेका ५ वटा दुधाला गाई, सुनवल ११ कै मुक्ति राम बस्यालको एक गाई, सुनवल ११ बलुवाका नारायण खडकाका ६ वटा ठुला र अन्य साना गरि जम्मा ८२ वटा बंगुर, सुनवल १३ का घनश्याम आलेका १२ वटा पशुहरु लगाएतका दर्जनौं पशुहरु मरेका छन ।

यसै गरि सुनवल ६ विशासयमा विभिन्न किसानहरुका गरि १० ठुला बंगुर अन्य साना गरि २० जम्मा ३० वटा वंगुर, सुनवल ३ क्रितिपुरमा करिब २ दर्जन बाख्रा लगाएतक पशुहरुको मृत्यु भएको छ भने सयौंको संख्यामा पशुहरु वेमौसमी रुपमा आएको खोरेत रोगको प्रकोपका कारण विरामी परेका छन ।
गाई, बाख्रा, भैसी, बंगुर लगाएतका चौपायाहरुको खुर (खुटटा) र मुखमा घाउ हुने यो रोग लागे पछि पशु सिथिल हुने, ज्वरो आउने, मुखमा खटिरा आएका काराण पशुले आहारा खान नसक्ने हुदै जन्छन । भाईरसबाट हुने यो रोग लागे पछि पशु चौपायाहरु विरामी भई मर्ने गरेको पशु विज्ञ एवं प्रशिक्षक मिल ढकालले बताउनु भयो । पशु प्रशिक्षक ढकालका अनुसार पशु चौपायाहरुमा यो खोरेतको रोग यो समयमा नभएर बरखाको याममा हुने रोग अहिले वेमौसमी अवश्थामा लागेर यति धेरै पशुहरु मरेको यो पहिलो घटना हो ।
सरुवा रोगको रुपमा रहेको यो रोगको नियन्त्रणका लागि पशुहरुमा रोगको विरुद्धको खोप लगाउने अभियान नगरपालिकाहरुले संचालन गर्दै आएको र खोरेत रोगको नियन्त्रणको प्रयास भई रहेको सुनवल नगरपालिकाका पशु शाखा प्रमुख खडकाले बताउनु भयो ।
पुस महिनाको पहिलो हप्तामा सुनवल भुमही क्षेत्रबाट देखा परेको यो रोग विनयन्त्रण गर्ने प्रयास गर्दा गर्दै अहिले प्रकोपको रुपमा फैलिएको बताईएको छ । भाईरसबाट लाग्ने यो रोग सरुवा रोगको रुपमा रहेकाले अहिले नियन्त्रणमा समस्या परेको बताईएको छ ।