कावासोतीमा तास खेलिरहेको ५ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा तास खेलिरहेका पाँच जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराति कावासोती नगरपालिका १३ पिठौली स्थित डिल कुमारी गुरुङले संचालन गरेको खाजाघरमा जुवातास खेलीरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट ३ बुक तास र चौबिस हजार सात सय पन्ध्र रुपैयाँ नगद समेत बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा कावासोती १३ का ३७ बर्षीय अजय लामा, ४४ बर्षीय नैनसिंह गुरुङ, ५० बर्षीय केयरसिंह थापा, ३१ बर्षीय राम ब.महतो र ३९ बर्षीय लालमणी महतो रहेका छन् ।