लागुऔषध सहित नवलपुरमा २ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
कावसोती नगरपालिका १६ चालिस किलोको जंगल स्थित पूर्व पश्चिम राजामार्गमा चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदैँ गरेको ना ५ ख ४०१४ नं.को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ बस्ने वर्ष २१ को करण प्रताप सेन र चितवनको भरतपुर महानगरपालिका – २६ बस्ने सोदेश गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले नुफिन ३५ एम्पुल, डाइजापाम ३५ एमपुल, फेनारागन ३५ एम्पुल, नाईट्रभेट ३९ ट्याबलेट र स्पास्मो ३१ ट्याबलेट बरामद गरेको छ ।
https://www.youtube.com/watch?v=ocEiPthDUVM