निकुञ्जमा घाँस काट्न गएकी महिला १ सातादेखि वेपत्ता




नवलपुर । पूर्वी नवलपरासीको चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत गुन्द्रेही ढकाहा सामुदायिक वनमा घाँस काट्न गएकी एक जना महिला एक सातादेखि वेपत्ता भएकी छिन् ।

जंगलमा घाँसदाउरा खुलेको बेला गाउँलेहरुसँग सँगै घाँसदाउरा गर्न गएकी कावासोती १५ बरौली निवासी २७ बर्षीया महिला अस्मिता चौधरी एक सातादेखि वेपत्ता भएकी हुन् ।




उनको स्थानीय, निकुञ्जका कर्मचारी लगायतले खोजी गरेपनि नभेटिएको स्थानीयले जनाएका छन् ।



सम्बन्धित
Loading...