बर्दघाटका २६ बर्षीय पुरूष मृत फेला परे


बर्दघाटका २६ बर्षीय पुरूष मृत फेला परे ||




पप्पु रेग्मी –
नवलपरासी – बर्दघाट – पश्चिम नवलपरासीकाे बर्दघाटमा एक जना पुरूष आज विहान मृत फेला परेका छन् ।

हिजाे साँझ खाना खाएर घरबाट निस्केका ती पुरूष विहान मृत फेला परेका हुन् ।




बर्दघाट नगरपालिका ५ बन्दाखाेला बस्ने २६ बर्षीय दिनेश थारू घरभन्दा पर बन्दाखाेला नजिकै चाैरमा मृत फेला परेका हुन् ।

बर्दघाट प्रहरीलाई मृतकका परिवारले खबर गरेपछि प्रहरी घटना स्थल पुगेर घटना स्थलकाे अनुसन्धान गरि शव पाेष्टमार्टमका लागि पृथ्वीचन्द अस्पताल परासी लगेकाे हाे ।

मृत्युकाे कारण खुलिनसकेकाे र घटना स्थलकाे अवस्था हेर्दा चिसाे र फुट प्वाईजनका कारण थारूकाे निधन भएकाे हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ । तथापि पाेष्टमार्टम रिपाेर्ट आए पछि मात्र मृत्युकाे वास्तविक कारण खुल्ने प्रहरीले जनाएकाे छ ।



सम्बन्धित
Loading...