कावासोतीमा अब घरनक्शा पास अनलाइनबाटैै

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा अब घरनक्शा पास अनलाइनबाटै हुने भएको छ ।
घरनक्शा पास अनलाइनबाटै हुने भएपछि घर नक्सा पास गर्न आउने सेवा ग्राहीले फाइल बोक्दै हिड्नु पर्ने झनझटको अन्त्य भएको छ भने सेवाग्राहीले घरमै बसेर आफ्नो काम भए नभएको समेत थाहा पाउने छ ।
बुधबार कावासोती नगरपालिकामा आयोजित एक कार्यक्रममा कावासोती नगरपालिकाका नगरप्रमुख चन्द्रकुमारी पुनले अनलाइन घरनक्सा पासको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नगरप्रमुख चन्द्रकुमारी पुन, उपप्रमुख प्रेमशंकर मर्दनिया, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, कावासोती १ का वाड अध्यक्ष नारायण पन्त लगायतले अनलाइन सेवाका बारेमा जानकारी गराएको थिए ।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले