आमाद्वारा ९ बर्षीया बालिकाको हत्या गरी आत्महत्या प्रयास




नवलपुर । पूर्वी नवलपरासीमा एक जना महिलाले आफ्नै ९ बर्षीया छोरीको हत्या र आफ्नो आत्महत्या प्रयास गरेकी छिन् ।

इलाका प्रहरी कार्यालय रजहरका अनुसार चितवनको पार्वतीपुर घर भई हाल पूर्वी नवलपरासीको देवचुली नगरपालिका १७ बसन्तपुरमा रहेकी आफ्नै दिदी सासुको घर बस्दै आएकी २९ बर्षीया प्रतिक्षा सुनारले यस्तो गरेकी हुन् ।




उनले आफ्नै ९ बर्षीया छोरी प्रतिष्ठा सुनारलाई धारिलो हतियार दाउले हात, निधार, अनुहारमा प्रहार गरी पुन साही हतियारले आफ्नै घाँटी रेटेका थिए ।

स्थानीयले थाहा पाउना साथ प्रहरीलाई खबर गरी प्रहरीले दुवै जनालाई उद्दार गरी उपचारका लागि अस्पताल पठाएको रजहर प्रहरीले जनाएको छ ।
दुवैको अवस्था गम्भीर रहेको र दुवैको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...