गैँडा मा’री खाग चो’री शि-कारी गर्ने फरार प्रतिवादी प’क्राउ

गैँडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार बिहान १ः३० बजे आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट उनलाई पक्राउ गरिएको हो ।
विसं २०७७ भदौ २१ गते निकुञ्जका अमलटारी सेक्टरअन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा माउ र बच्चा गरी दुई गैँडा मारेर खाग तस्कर गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँ र निकुञ्जको संयुक्त टोलीले पक्राउ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए।
गैँडा मारी खाग चोरी शिकारी गरी फरार रहेका उनलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । सो घटनामा उनीसँगै १३ जना सहभागी रहेको खुल्न आएको भए पनि हालसम्म ११ जनालाई पक्राउ गरी अदालतमा बुझाइएको उनले जानकारी दिए।
पक्राउ परेका उनलाई २८ गते नै नवलपुर जिल्ला अदालतमा बुझाइएको सूचना अधिकारी तिवारीले बताए । यस मुद्दामा अझै दुई जना फरार रहेको निकुञ्जले जनाएको छ ।