त्रिशुली नदी किनारमा स्कारपियो खस्याे
चितवन –
आज साँझ चितवनकाे ईच्छाकामना गाउँपालिका ६, तिन नम्बर पुल नजिक त्रिशुली नदी किनारमा स्कारपियाे खसेकाे छ ।
नारारायणगढ मुग्लिङ सडक खण्डमा नारायणगढबाट मुग्लिङ तर्फ आउदै गरको बा.१३च-.४३६५ नम्बरको स्कारपियो अनियन्त्रित भई पल्टन गएकाे चितवन प्रहरीले जनाएकाे छ ।
स्कारपियाे सडकबाट अन्दाजी ५० मिटर तल त्रिशुली नदिको किनारामा पुगेको थियाे ।
दुर्घटनामा स्कारपियोका चालक सहित-७ जना घाईते भएकाेमा घाइतेहरूको उद्दार गरी उपचारको लागी भरतपुरतर्फ पठाईएको प्रहरीले जनाएकाे छ ।